महाविर पून को राष्ट्रिय आविष्कार केन्द्रद्घारा र्निमित मेकर स्पेस लाई वृज सिमेन्टको साथ

१२ बैशाख २०७५
प्रेश विज्ञप्ती

महाविर पून को राष्ट्रिय आविष्कार केन्द्रद्घारा र्निमित मेकर स्पेस लाई वृज सिमेन्टको साथ

एशियाको नोबेल पुरस्कार विजेता एवं ताररहित वायरलेस इन्टरनेट सेवा प्रदायक महावीर पुनद्धारा स्थापित राष्ट्रिय आविष्कार केन्द्र र पुष्पतारा केडिया सेवा संस्था एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. सहकार्य गर्ने भएका छन ।

पुष्पतारा केडिया सेवा संस्था एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.द्धारा महावीर पुुनद्धारा किर्तीपुरमा निर्माण भइरहेको मेकर स्पेसको निर्माण कार्यको लागि वृज सिमेन्टद्धारा उत्पादित ओ.पि.सिरपि.पि.सि सिमेन्ट उपलब्ध गराइने भएको छ । । यो सम्झौता केडिया अर्गनाइजेशन अन्तर्गतको पुष्पतारा केडिया फाउन्डेशन, वृज सिमेन्ट इण्डष्ट्रि«ज प्रा.लि तथा राष्ट्रिय आविष्कार केन्द्र बीच सम्पन्न भएको हो । स्मरणीय छ कि पुष्पतारा केडिया फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र साँस्कृतिक उत्थानको लागि तत क्षेत्रमा संरक्षण तथा टेवा पुरयाउने कार्य गर्ने उदेश्यका साथ स्थापना गरिएको नाफारहित संस्थाको रुपमा रहेको छ ।

अनुसन्धानकै कामलाई सघाउन एउटा बृहत ल्याब खोल्ने राष्ट्रिय आविष्कार केन्द्रको उद्देश्य हो । यसैका लागि केही समयमै टेन्डर आहवान गरिदै छ , करिब एक करोडको लागतमा बत्रे ल्याबको संरचनाले काम गर्न चाहनेका लागि उपयुक्त वातावरण दिने उहाँको बुझाइ छ ।

मेकर स्पेस राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरिरहेको एक प्रयोगशाला हो । त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा त्रिवि परिसरमा ६ हजार वर्ग फिट क्षेत्रफलमा ल्याब बनाउने काम अधि बढीरहेको छ । जहाँ सृजनात्मक समान विचारधारा भएका व्यतिmत्वहरु भेलाहुने र विभिन्न योजनाहरु एष्यित कअबभि को रुपमा अध्ययन अनुसन्धान तथा प्रयोगहरु गर्न सकिने छ र कुनै योजना सफल भएमा यसलाइ व्यापारिकरण गरिन्छ तथा अध्ययन अनुसन्धानमा लाग्नेहरुलाई आर्थिक सहयोग गराई लगानी तथा बजार सम्म पुयाउन मदत गरिने मेकर स्पेसको उद्देश्य हो ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन वृज सुपर प्रिमियम ओपिसी सिमेन्टका ब्राण्ड एम्बेसेडर समेत रहेका छन् । वृज सिमेन्ट पुन जस्ता देशका उर्जा सँग हातेमालो गरि अगाडि बढिरहेको छ । कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न पाउँदा गौरव गर्दछ किनकि वृज सिमेन्टको यो सहयोगले पक्कै पनिमहावीर पुनको यो मेकर स्पेस निर्माणमा कोषेढुङ्गा हुनेमा विश्वस्त रहेको छ । पक्कै पनि यस्ता किसिमका उर्जावान व्यक्तित्वहरु वृज सिमेन्टको छनौटमा रहेका छन् आगामी दिनमा समेत हातेमालोको यो शृङ्खला रही रहनेछ कम्पनीका प्रबन्ध र्निदेशक श्री मनोज केडिया ज्यूले बताउनुभयो ।

सम्बृद्ध नेपाल निर्माण गर्ने महावीर पूनको यो अभियानमा एक कोशेढुङ्गा सावित हुनेछ भन्नेमा वृज सिमेन्ट ढुक्क रहेको छ, यसका साथै भविष्यमा पनि वृज सिमेन्ट महावीर पूनसँग सहकार्य गर्दै राष्ट्रिय आविष्कार केन्द्रलाई आवश्यक सहयोग गर्ने प्रण गर्दछ ।

केडिया अर्गनाईजेशन अन्र्तगत वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि भैरहवा–लुम्विनी (रुपन्देही जिल्ला) मा अवस्थित छ । वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पि.पि.सि.), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पि.एस.सि.) सिमेन्ट उत्पादन गरि विक्री वितरण गर्दैै आइरहेको छ ।

कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) मा वृज सुपर प्रिमियम र शंकर शक्ति उत्पादन गर्दछ भने, पि.पि.सि. सिमेन्ट अन्तर्गत वृज, जम्वो, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्र्माट सिमेन्ट व्राण्डहरु उत्पादन गर्दछ र पि.एस.सि. सिमेन्ट अन्तर्गत वृज सुपर पावर व्राण्ड उत्पादन गर्दछ । गुणस्तरीय उत्पादन र सहज आपुर्तिको व्यवस्थापनका कारण नै देशको अधिकाशं स्थानमा यसको माग भै बिक्री वितरण हुनाले वृज सिमेन्ट समस्त देश वासीकोे चिरपरिचित, निर्माण जगतको साथी तथा नेपालको एक अग्रणि सिमेन्ट उद्योगको रुपमा स्थापित भएको छ । यसका अलवा विभिन्न क्षेत्रहरुमा यसले आर्थिक, प्राविधिक र अन्य सहयोग गर्दै आफनो सामाजिक दायित्व निर्वाहमा अहं भुमिका बहन गरेको छ ।