वृज सिमेन्टको प्रायोजनमा राष्ट्रिय फुटबल खेलाडी नवयुग श्रेष्ठद्धारा शिक्षा सदन माध्यमिक बिद्यालय बनेपालाई फुटबल सामाग्री हस्तान्तरण

राष्ट्रिय फुटबल टिमका युवा खेलाडी श्री नवयुग श्रेष्ठद्धारा बनेपा–८ काभ्रेमा अवस्थित शिक्षा सदन माध्यमिक विद्यालय लाई पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रा. लि. द्धारा प्रायोजन गरिएको फुटबल सामाग्री आज एक समारोहका बीच हस्तान्तरण गर्नुभयो । नवयुग श्रेष्ठ वृज सुपर प्रिमियिम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा विगत एक बर्षदेखि आवद्ध हुनुहुन्छ । यस शिक्षा सदन माध्यमिक विद्यालय, बनेपा, काभ्रेको स्थापना वि.सं. २०१८ साल भाद्र ८ गते भएको हो । यस विद्यालयमा करीब ४०० जना विद्यार्थीहरु अध्ययनरत छन् र कक्षा १२ सम्म पठनपाठन भइरहेकोछ । “विद्यार्थीहरुलाई केवल पठनपाठनमा मात्र सिमित नराखी आजको प्रतिस्पर्धात्मक युगमा अतिरिक्त क्रियाकलापमा पनि सहभागि गराउनु अति नै आवश्यक हुन्छ । बिद्यार्थीहरुको चौतर्फी विकासको लागि शिक्षाको साथ साथ सहक्रियाकलाप अझ खेलकुद त झन महत्वपुर्ण विषय हो । अत वृज सिमेन्ट ले जुन यो फुटवल सामाग्री यस सार्वजनिक विद्यालयलाई प्रदान गरेको छ यसबाट हामी अति नै आभारी हुनुका साथसाथै हाम्रा बालबालिकाको अतिरित्त क्रियाकलापमा हातेमालो गरेकोमा हृदयदेखि नै वृज सिमेन्टलाई धन्यवाद” प्रधानाध्यापक पुकार कर्णजितले भन्नुभयो । नेपाली फुटबल खेलमा वृज सिमेन्टले गरेको सहयोग एकदमै सह्रानीय भएको उहाँले बताउनु भयो तथा यसरी निजी क्षेत्रबाट यस किसिमको सहयोगले आम खेलकुदमा लाग्ने युवाहरुलाई हौसला प्रदान हुने तथा उनीहरुले आफनो खेललाई अझ राम्रो तरिकाले प्रर्दशन गर्न सक्ने समेत बताउनुभयो ।” भविष्यका कर्णधार साना साना प्रशिक्षण लिइरहेका खेलाडी भाईबहिनीहरुलाई यो सामाग्री अत्यन्तै प्रभावकारी हुनेछ भन्नुभयो ।

वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.केडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा–लुम्विनी रुपन्देही जिल्ला) मा अवस्थित छ । वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पि.पि.सि.), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पि.एस.सि.) सिमेन्ट उत्पादन गरि विक्री वितरणगर्दैै आइरहेको छ । कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) मा वृज सुपर प्रिमियम र शंकर शक्ति उत्पादन गर्दछ भने, पि.पि.सि. सिमेन्ट अन्तर्गत वृज, जम्वो, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्र्माट सिमेन्टव्राण्डहरु उत्पादनगर्दछ र पि.एस.सि. सिमेन्ट अन्तर्गत वृज सुपर पावर व्राण्ड उत्पादन गर्दछ ।गुणस्तरीय उत्पादन र सहज आपुर्तिको व्यवस्थापनका कारण नै देशको अधिकाशं स्थानमा यसको माग भै बिक्री वितरण हुनाले वृज सिमेन्ट समस्त देशवासीकोे चिरपरिचित, निर्माण जगतको साथी तथा नेपालको एक अग्रणि सिमेन्ट उद्योगको रुपमा स्थापित भएको छ । यसका अलवा विभिन्न क्षेत्रहरुमा यसले आर्थिक, प्राविधिक र अन्य सहयोग गर्दै आफनो सामाजिकदायित्व निर्वाहमा अहं भुमिका बहन गरेको छ ।

प्रविधि मैत्रीयुक्त उत्पादन प्रतिलक्षित यो सिमेन्ट, गुणस्तरीय र नयाँ ढंगबाट नयाँ उर्जा सहित बजार प्रर्वधनमा क्रियाशील छ । वृज सुपर प्रिमियम ओपिसी सिमेन्टको वजार प्रर्वधनको क्रममा नेपालका विभिन्न क्षेत्रमा ख्याति कमाएका तथा नेपाललाई अन्र्तराष्ट्रिय स्तरमा परिचित गराउने व्यक्तित्वहरुसँग आवद्धता कायम गर्ने क्रममा नेपाली राष्ट्रिय फुटबल खेलाडी नवयुग श्रेष्ठलाई वृज सुपर प्रिमियम ओपिसी सिमेन्टका व्राण्डएम्वेसेडरको रुपमा ग्रहण गरेको कुरा कम्पनीले जनाएको छ । नवयुग श्रेष्ठ देशका एक सशक्त उर्जा भएको तथा नेपाली फुटबल जगतमा यस्तो उर्जा भएको खेलाडीप्रति सिंगो देश आशावादी रहको छ । नवयुग श्रेष्ठ नेपाली युवा खेलाडीमाझ अति नै लोकप्रिय खेलाडीको रुपमा साफच्याम्पियनसिप, बंगलाबन्धु गोल्डकप तथा ग्(ज्ञढ एशियन च्याम्पियनशीपमा उत्कृष्ट प्रर्दशन गरि नेपाललाई जीताउने अति नै चर्चित खेलाडीको रुपमा रहेका छन् । त्यसैले हामीले उहाँको उर्जासँग हातेमालो गरेको हौं र आगामी दिनमा हरेक खेलमा सफलतामिल्दै जाओस हामीउहाँको कदममाकदममिलाएर अगाडि बढ्नेछौ सेल्स मेनेजर नीरज सिंहले भन्नुभयो ।

कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो । नेपाली फुटबल जगतमा नेपालले गरेको प्रगतिअति नै सराहनीय भएको तथा यसरी वृज सिमेन्टले बनेपामा अवस्थित यस सार्वजनिक बिधालयमा प्रदान गरेका खेलकुद सामाग्रीले सिंगो बिधालय तथा म लगायत सबैलाई हौसलामिलेको छ र बिशेषगरि बालबालिकाको अतिरिक्त कृयाकलापमा यसले ठुलो टेवा पुरयाएको बताउनुभयो । अब सरकारी मात्रनभई नीजि क्षेत्र नै नेपालको खेलकुद विकासमा सक्रिय भएको उदाहरण भएको भन्दै धन्यवाद दिनुभयो ।

यसका साथसाथै वृज सिमेन्टका काभ्रे जिल्लाका आधिकारिक बिक्रेताहरुको उपस्थिति समेत रहेको थियो । आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत वृज सिमेन्टइण्डष्ट्रिज प्रा.लि. ले पहिलो चरणमा बनेपाको यस सार्वजनिक बिधालयलाई छनौट गरिएको सिनियर ब्राण्ड मेनेजर अमित श्रेष्ठले बताउनुभयो । आगामी दिनहरुमा पनि यो फुटबल सामाग्री वितरण कार्यक्रम देशका अन्य क्षेत्रहरुमा कार्यन्वयन गर्ने उहाँले बताउनु भयो ।