वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि, मिरा हिमालय तथा पुष्पतारा केडिया फाउन्डेशन बीच सम्झौता सम्पन्न|

१४ चैत्र २०७४

वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि, मिरा हिमालय तथा पुष्पतारा केडिया फाउन्डेशन बीच  सम्झौता सम्पन्न|

वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. तथा केडिया अर्गनाइजेशनको संयुक्त प्रयासमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको विकट हिमाली जिल्लाका क्षेत्रहरुमा निशुल्क औषधी , प्राथमिक उपचार, शुलभ शिक्षा प्रदानका लागि बिगत ३ बर्षदेखि कार्यरत ःMedicine in Remote Areas, Himalaya (MIRA, Himalaya)संस्थासँग ३ बर्षको लागि माथि उल्लेख गरिएका सेवाहरुमा सहयोगको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता केडिया अर्गनाइजेशन अन्तर्गतको वृज सिमेन्ट इण्डष्ट्रि«ज प्रा.लि, मिरा हिमालय तथा पुष्पतारा केडिया फाउन्डेशन बीच सम्पन्न भएको हो ।

हिमाली क्षेत्रमा मिरा हिमालय (दुर्गम क्षेत्रहरुमा औषधी, हिमालय), एक परियोजना जसको विस्तारको सुरुवात एड्रिन हायसले मिसन हिमालय नामक संस्थासँग मिलेर गर्नुभएको थियो । ‘एड्रिन हायस’२५ अप्रील २०१५ (२०७२ बैशाख १२ गते) को भूकम्प पश्चात् सेप्टेम्बर २०१५ मा आफ््नो चिकित्सा सहकर्मी रोयस्टन पोल्डिङ्ग सँग सहयोगको अन्तिम चरण अवलोकन गर्ने क्रममा उक्त परियोजना निर्माण गरि सहयोगको लागि प्रोत्साहित हुनुभएको थियो । यस अन्तर्गत उहाँले अवलोकन गरेका हिमाली भेगहरुमा सामान्य औषधी, प्राथमिक उपचार लगायत स्वास्थ्य र सरसफाई सम्बन्धी शिक्षाको आवश्यक्ता रहेको थाहा पाउनु भयो जुन कुनै औषधी केन्द्र वा कुनैपनि संस्थाद्धारा सहयोग तथा उपचार लगायतका सेवाहरु पु¥याउन सकिएको थिएन ।

यहि ८ मार्च २०१८ मा वृज सिमेन्ट, पुष्पतारा फाउन्डेशन र मिसन हिमालय बीच भएको सम्झौता ( २०१८÷०३÷२० देखि २०२०÷१२÷३१) अनुसार वृज सिमेन्ट र पुष्पतारा फाउन्डेशनको तर्फबाट ‘मीरा हिमालय (दुर्गम क्षेत्रहरुमा औषधी, हिमालय)परियोजनाका लागि त्यस क्षेत्रका जनतालाई आवश्यक पर्ने  भौतिक संरचना निर्माण, प्राथमिक उपचार तथा औषधी बितरणमा सहयोगको एक कोषेढुङ्गा सावित हुने कम्पनीको अपेक्षा रहेको छ, यद्धपि यो धेरै ठुलो सहयोग नभएतापनि यसले जनतालाई केही राहत हुनेमा कम्पनी बिश्वस्त रहेको छ । यस कार्यका लागि वृज सिमेन्ट एवं पुष्पतारा केडिया फाउण्डेशनबाट  रु ५ लाख बराबरको  सहयोग गरिने भएको छ  जुन सहयोग आजकै मितिदेखि आगामी ३ बर्षसम्मको लागि निरन्तर हुनेछ जसलाई प्रत्येक बर्ष नवीकरण गरिनेछ ।

स्मरणीय छ कि पुष्पतारा केडिया फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र साँस्कृतिक उत्थानको लागि तत क्षेत्रमा संरक्षण तथा टेवा पुरयाउने कार्य गर्ने उदेश्यका साथ स्थापना गरिएको नाफारहित संस्थाको रुपमा रहेको छ ।